दुई मुख्यमन्त्री शाही र गुरुङबीच भेटवार्ता

0
Shares

नारायण गिरी: काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङबीच शुुक्रवार पोखरा मुख्यमन्त्री निवासमा अन्तरप्रदेश स्तरीय हितका सवालमा विशेष भेटघाट सम्पन्न भएको छ ।

सबैभन्दा पहिले प्रदेशको नामाकरण र पर्यटन वर्ष घोषणा गरेर हाल प्रदेशमा थप कामको तिव्रता बढाईरहेका कर्णाली प्रदेशका मुख्यमन्त्री शाही नीजि भ्रमणमा पोखरा पुगेका हुन् । युवा महासंघ सहित विभिन्न क्षेत्रका व्यक्तित्व रहको उहाँको टोलीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले पर्यटकीय नगरी पोखरामा एक समारोहकाबीच स्वागत गरेका थिए ।

भेटघाट तथा छलफलमा मुख्यमन्त्रीहरुको पोखरा भेलामा अनुपस्थित रहेकोमा कर्णालीका मुख्यमन्त्री शाहीमाथि गुरुङले रोष प्रकट गरेका थिए भने शाहीले सो अनौपचारीक भेटघाट ठिकै भए पनि संघीय सरकार विरुद्ध मोर्चा बन्दी जस्तो सन्देश बाहिर जानु राम्रो नभएको, र यद्यपी सो भेलाको बेला आफु हुम्ला रहेकाले आउन नसकेको बताएका थिए ।

भेटघाटको क्रममा पोखराको पर्यटन र कर्णालीको पर्यटन जोड्ने, आन्तरीक हवाई सेवा तथा बस सेवा विस्तार गर्ने, प्रदेश स्तरीय अनुभव आदान प्रदान गर्ने र युवा उद्यमशिलता र रोजगारीकोलागि संयुक्त योजना निर्माण लगायत विषयमा छलफल समेत भएको थियो । मुख्यमन्त्री शाहीका अनुसार छिट्टै अर्को भेट कर्णाली प्रदेशमा थप समझदारीको लागि हुने समेत जनाईएको छ ।

यसै गरी मुख्य मन्त्री शाहीले पोखरा औद्योगिक क्षेत्र अवलोकन समेत गरी कर्नाली प्रदेशमा थप उद्योग विस्तारमाका बारेमा छलफल गर्नु भएको थियो भने हेली एयरलाई सुर्खेतवाट कर्नालीमा पर्यटन विकासकोलागि सो सेवा संचालन गर्नकोलागि अनुरोध समेत गर्नु भएको छ ।

अस्पताल र कृषि फर्म निरीक्षण अवलोकन

हरीयोखर्क अस्पताल परिसरमा रहेका विभिन्न उपचार सेवा समेतको मुख्यमन्त्रीको टोलीले अवलोकन गरेको छ ।  आईएनएफका कार्यकारी निर्देशक कृष्ण बहादुर अधिकारीका अनुसार एशियाकै उत्कृष्ट प्रविधियुक्त योे कान अस्पतालमा पर्दछ, नव निर्मित कान अस्पताको अत्याधुनिक सेवा प्रविधि र प्रयोगको बारेमा समेत जानकारी दिईएको थियो ।

६५ वर्ष अघि देखी अस्पतालले कुष्ठरोग, छाला रोग, मेरुदण्ड, फिजिओथेरापी लगायत कृतिम अंगहरुको बारेमा समेत काम गर्दै आएको छ । यो अस्पतालले सुर्खेतमा नेपालमा एक मात्र फिस्टुला अस्पताल नै निर्माण गरेर सेवा प्रदान गरीरहेको अपरेसन्स डाइरेक्टर ढाकाराम बुढाले बताए ।

त्यसै गरी मुख्यमन्त्रीको टोलीले अस्पताल हातामा संचालित चार सय रोपनी क्षेत्रको नमुना कृषि फर्मको अध्ययन र अवलोकन पनि गरेको छ । विशेष गरी युवा, असहाय विरामीका कुरुवा, अपांगहरु कसरी कृषि व्यवसायिक क्षेत्रमा दीगो तरीकाले लाग्न सक्छन् भन्नेवारेमा अनुभव आदानप्रदान गरीएको थियो, भने फर्ममा रहेका भैसी, बंगुर, कुखुरा, खरायो, मौरी पालन र नयाँ प्रविधिको तरकारी खेती प्रविधि अनुसरणकोबारेमा मुख्यमन्त्री शाहीले चासोका साथ अध्ययन गर्नु भएको थियो ।

सिमपानी स्थित मुख्यालय र हरियोखर्क परिसर निरिक्षण तथा अवलोकन भ्रमण पश्चात संक्षिप्त प्रतिक्रिया दिदै उहाले भन्नु भयो, आइएनएफले धेरै कर्णाली प्रदेशमा काम गरीरहेकाले अव थप परिमार्जन सहित प्रदेशमा सहकार्य गरेर नमुना कामको लागि अगाडी बढ्नु पर्ने बताउनु भयो ।

गैर सरकारी संस्था सबै एकै छैनन कसैले राम्रो पनि काम गरेका छन् भन्ने नमुना हो यो ।  यसै बिच कर्णाली सम्पर्क एवं विकास समाजले मुख्य मन्त्री शाहीलाई एक समारेहबीच सम्मान कार्यक्रमको आयोजना गरेको थियो । पोखरा भ्रमणमा पुर्व महिला तथा बालवालिका मन्त्री आशा कोइराला, गण्डकी प्रदेश भौतिक मन्त्री रामशरण बस्नेत सहित नेकपा कास्कीका कार्यकर्तासंग आपसी हितका बारेमा छलफल भएको थियो । ३ दिने अनौपचारी भ्रमण सम्पन्न गरी आजै मुख्यमन्त्री शाही सुर्खेत फर्केका छन् ।