काठमाडौँ, १० कात्तिक । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सबैको राय र सुझावलाई समेटेर पार्टीको विधान संशोधन गर्ने बताएका छन्।
नेपाली काँग्रेस टोखा नगरपालिका ८, ९, १० र ११ वडाले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उहाँले समयअनुसार सबैलाई समेट्नेगरी विधान संशोधन गर्ने बताएका हुन् । “सिङ्गो जनतालाई बेवास्था गरेर कुनै नेताका व्यक्ति अट्ने गरी विधान संशोधन गर्न हुँदैन,”–उनले भने ।
पार्टीका पूर्व महामन्त्रीसमेत रहनुभएका नेता सिंहले प्रजातान्त्रिक पद्धति अवलम्बन गरेको काङ्ग्रेस प्रजातान्त्रिक तरिकाले चल्न नसकेको आरोप लगाए । “पार्टी विधि, विधानअनुसार चल्न सकेको छैन, विधानअनुसार पार्टी चल्न नसक्दा कमजोर भएको हो,”–उनले भने ।




प्रतिक्रिया