प्रधानमन्त्री ओलीको छातीमा सङ्क्रमण, दुई दिन बालुवाटारमै आराम गर्ने


काठमाडौं, १० कात्तिक । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीको छातीमा सङ्क्रमण भएपछि नेकपाले भृकुटीमण्डपमा आज आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन सकेनन् ।

नेकपाका महासचिव विष्णु पौडेलले प्रधानमन्त्री ओलीलाई सामान्य रुघाखोकी, भाइरल ज्वरो र छातीमा सङ्क्रमण देखिएकाले आउन नसके पनि भावनात्मकरुपमा उनी उपस्थित भएको प्रतिक्रिया दिएका छन्।

प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्ण रिमालले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओलीले भोलि र पर्सी अझै आराम गर्नेछन् ।