कात्तिक ११, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता राजकिशोर यादवले प्रदेश र संघीय सरकारबीचको विवाद समाधान गर्नुको विकल्प नभएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै यादवले देशलाई शान्ति र विकासको बाटोमा लाने हो भने संघीय सरकारले प्रदेश सरकारलाई संविधानअनुसार काम गर्न दिनुपर्ने बताए ।
“प्रदेशलाई अधिकारसम्पन्न बनाउनुपर्छ । अधिकार खोस्ने, विवाद गर्ने, प्रदेशलाई संकुचित गर्ने अधिकार कसैलाई पनि छैन । संविधानले दिएको अधिकारअनुसार काम गर्ने वातावरण संघीय सरकारले बनाइदिनुपर्छ ।” उनले भने ।
प्रदेशमा कर्मचारी अभाव हुँदापनि केन्द्र सरकारले कुनै चासो नदेखाएको भन्दै यादवले असन्तुष्टी व्यक्त गरे ।
“प्रदेश सरकार भनेको केन्द्र सरकारको खटनपटनमा चल्ने सरकार होइन । प्रदेश सरकार शाखा कार्यालय होइन ।” यादवले भने ।




प्रतिक्रिया