काठमाडौं, १० कात्तिक । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं रोयल्सले पोखरा प्रिमियर लिगमा धनगढी ब्लुजलाई १७ रनले हराउदै विजयी शुरुवात गरेको छ ।
शनिबार भएको दोस्रो खेलमा काठमाडौंले दिएको १८१ रनको लक्ष्य पच्छाउन नसकि धनगढी निर्धारित ओभरमा ८ विकेट गुमाएर १६३ रनमा रोकिएको थियो ।
सन्दीप जोराले २७, पिटर टेग्रोले १९ र सौरभ खनालले १७ रन जोडे पनि धनगढीका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले जोडेको ५४ रनको अर्धशतकले जितको दावेदार बन्न सकेन ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले पुरै २० ओभर खेल्दै ३ विकेट गुमाएर १८० रन बनाएको थियो । जितसंगै काठमाडौंले २ अंक जोडेको छ । प्रतियोगिता अन्तर्गत आज विराटनगर र धनगढी तथा पोखरा बुटवलबीच खेल हुन गैरहेको छ ।




प्रतिक्रिया