तरुणको ६५औं स्थापना दिवस बेलायतमा सम्पन्न

0
Shares

काठमाडौं । नेपाल तरुण दलको ६५औं स्थापना दिवस लन्डनको ह्यारोमा सम्पन्न भएको छ । नेपाल तरुण दलका केन्द्रिय महासचिव भुपेन्द्रजंग शाहीको प्रमुख आतिथ्यमा दलको ६५औं स्थापना दिवस सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा अधिकांस युवानेताहरुले नेपाली काङ्ग्रेस पार्टीमा एकता हुन आवश्यक रहेको र पार्टीमा नेता तथा कार्यकर्ताहरु अनुशासनमा रहनु पर्ने भन्दै बिदेशमा भातृ संगठनको औचित्य, तरुण दलको भुमिकाका बारेमा गम्भिर बन्नुपर्ने सु्झाव दिएका छन् ।

नेपाल तरुण दलको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा काङ्ग्रेस नेताहरु बिश्व आदर्श पन्डित, शान्ता लामिछाने, बिजन भट्ट, डा मीन रानाभाट, जनसम्पर्क समिति बेलायतका उपाध्यक्ष कोपिला सुब्बा, महामन्त्री केशव भण्डारी, सह(कोषाध्यक्ष कुस बस्नेत, पर्वत नेपाली समाज युके अध्यक्ष तथा समाज सेवि दधि आचार्य, तरुण नेता सुमित भण्डारी, रमेश पौडेलको सहभागीता रहेको थियो ।

कार्यक्रममा स्वागत भाषण पन्कज प्रधानले गरेका थिए । नेपाल तरुण दल बेलायत शाखाका अध्यक्ष बिश्व घिमिरेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको संचालन एभरेष्ट गौतमले गरेका थिए ।