इङ्लिस प्रिमियर लिग : लिभरपुल शीर्ष स्थानमा उक्लियो

0
Shares

काठमाडौं, ११ कार्तिक। इङ्लिस प्रिमियर लिग फुटबलमा कार्डिफ सिटीलाई हराउँदै लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा कार्डिफमाथि ४–१ को जित निकाल्न लिभरपुलका सादियो मानेले २ गोल गरे ।

यसैगरी खेद्रान शाकिरी र मोहमद सलाहले एक एक गोल थपे । कार्डिफका क्यालम प्याटरसनले एक गोल फर्काए । जितसँगै लिभरपुलले शीर्ष स्थानको म्यान्चेस्टर सिटीलाई ३ अंकले उछिनेको छ ।

लिभरपुलको १० खेलबाट २६ अंक छ भने एक खेल कम खेलेको म्यान्चेस्टर सिटीको २३ अंक रहेको छ । प्रिमियर लिगअन्तर्गत हिजै भएको अर्को खेलमा वाट्फोर्डले हडर्सफिल्ड टाउनलाई ३–० ले पराजित गर्दा बर्नमाउथले फुल्हमलाई ३–० ले नै पराजित गरेको छ ।

यस्तै ब्राइटनले वुल्भरह्याम्पटन वान्डरर्सलाई १–० ले हराउँदा साउथह्याम्पटन र न्यूकासल युनाइटेडले गोलरहित बराबरी खेलेका छन् ।

प्रिमियर लिगमा आज तीन खेल हुनेछन् । आज चेल्सीले बर्न्लेसँग खेल्दा आर्सनल र क्रिष्टल प्यालेस तथा म्यान्चेस्टर युनाईटेड र एभर्टन भिड्नेछन् । एजेन्सीको सहयोगमा