कात्तिक १२, काठमाण्डौ । अस्पातलको शैयामा रहेका प्रधानमन्त्री केपी ओली र नेता माधवकुमार नेपालबीच केहीबेर कुराकानी भएको छ ।
नेता नेपाल प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन विहान अस्पताल पुगेका थिए ।
कुराकानीका क्रममा प्रधानमन्त्री ओलीले नेता नेपाललाई चिकित्सकहरुको सल्लाहका कारण चियापान समारोहमा सहभागी हुन नसकेको बताएका छन् ।
“मैले प्रधानमन्त्री ज्यूलाई स्वास्थ्य अवस्था कस्तो छ भनेर सोधे, उहाँले श्वासप्रस्वासमा समस्या आयो, छातीमा अलि गाह्रो भो, अहिले त्यसैको उपचार भइरहेको छ भन्नुभयो ।” नेपालले भने ।
ओलीले आफू चियापान कार्यक्रममा आउन खोजे पनि चिकित्सकले नजान जिद्दी गरेको बताएको नेपालले बताए ।
“मत चियापानमा आउन सकिन,अब सञ्चो होला भन्नुभो ।” नेपालले भने ।
प्रधानमन्त्री ओलीलाई गए राति महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो ।
अस्पतालको मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्रीको छातीमा संक्रमण देखिएको र शरीरमा चीनीको मात्रा असन्तुलित देखिएकाले भर्ना गरिएको जानकारी दिएको छ ।




प्रतिक्रिया