सरकारले केहि गर्छ भन्ने आश छैनः देवेन्द्रराज कँडेल

0
Shares

काठमाडौँ, १२ कात्तिक । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले सरकारले जनचाहनाअनुसार काम गर्नुपर्ने बताएका छन ।नेपाल प्रेस युनियन रुकुम पश्चिमले आज सदरमुकाम मुसिकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता कँडेलले वर्तमान सरकार जनताको चाहनाअनुसार अगाडि बढ्न नसकेको आरोप लगाए। दुई तिहाइको सरकार भएकाले वर्तमान सरकारबाट देशवासीले ठूलो अपेक्षा गरेकाले सरकारले उक्त अपेक्षा पूरा गर्नुपर्ने उनको भनाइ थियो ।

“दुई तिहाइको सरकार बनेपछि अब केही हुन्छ कि भन्ने हामीलाई पनि लागेको थियो, सरकारको हालसम्मको काम हेर्दा अब केही हुन्छ भन्ने आश मरेको छ,” उनले भने। निर्मला पन्तका हत्यारा अहिलेसम्म पत्ता नलाग्नुले पनि सरकार शान्ति सुरक्षा कायम गर्न र पीडितलाई न्याय दिनका लागि असक्षम रहेको नेता कँडेलको आरोप थियो । “एक÷दुई प्रहरी अधिकारीलाई बर्खास्त गर्दैमा सरकारको दायित्व पूरा हुँदैन,” उनले स्पस्ट पारेका थिए। काङ्ग्रेसले प्रतिपक्षमा रहेर सरकारको आलोचना मात्र नगरी सरकार सञ्चालन गर्न सहयोग गरिरहेको कँडेलले बताए।रासस