काठमाण्डौ । कञ्चनपुरका महिला अधिकारकर्मी र नागरीक समाज आन्दोलित भएका छन् । निर्मला पन्तको बलात्कार पछि हत्या भएको लामो समय विति सक्दा समेत वास्तविक हत्यारा पत्ता नलागेको भन्दै पुनः आन्दोलन सुरु गरिएको हो ।
सरकारले विभिन्न समिति बनाए पनि उपलब्धि शुन्य भएको भन्दै आन्दोलन गरिएको छ ।
वालिका निर्मला पन्तको वलात्कार पछि हत्या भएको ३ महिना वितिसक्दा समेत बलात्कारी र हत्याराको पहिचान भएको छैन । सरकारले वास्तविक हत्यारा पत्ता लगाउन नसकेको आरोप एकतातिर छ भने छानविन गर्न भन्दै आधा दर्जन वढि छानविन समिति बनाए पनि उपलब्धि केही पनि देखिएको छैन ।
अधिकारकर्मीहरुसति स्थानीयको सहभागितामा गठित न्यायिक नागरिक संघर्ष समितिले सदरमुकाम महेन्द्रनगरको मुख्यचोक मदनचोकबाट आन्दोलन सुरु गरेको हो ।
विरोध ¥याली नारावाजि सहित वजार परिक्रमा गर्दे जिल्ला प्रशासन कार्यालय पुगेका थियो । ¥याली सहित जिल्ला प्रशासन पुगेका अधिकारकर्मिहरुले प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी मार्फत निर्मलाका हत्यारालाई चाडो भन्दा चाडो पत्तालगाउन भन्दै गृहमन्त्रालय र प्रधानमन्त्री कार्यालयर्ला ज्ञापन पत्र समेत बुझाएका छन ।
अधिकारकर्मिले हत्यारा पत्ता नलागुजेल फेरी जिल्लामा विभिन्न चरणका आन्दोलन जारी राख्ने समेत जनाएका छन । निर्मला पन्तको हत्या भएको तीन महिना पुग्दा पनि दोषी पत्ता लगाउन गरिएका अनुसन्धानको उपलब्धी शून्य रहेको छ । प्रहरीले आफ्नै तरिकाले गरेका अनुसन्धान र सरकारद्वारा गठित उच्च स्तरिय छानबिन समितीको छानबिन प्रतिबेदनले शंकास्पद देखाएका सबै व्यक्तिसँग गरिएको सोधपुछबाट अहिलेसम्म ठोस तथ्य फेला पर्न सकेको छैन ।




प्रतिक्रिया