बाढी पहिरो पीडितले बुझाए १ सय २७ औँ पटक ज्ञापन पत्र, यस्तो छ कारण


डडेलधुरा । डडेल्धुराको परशुराम नगरपालिकाका वाढी पहिरो पिडितका लागि खरिद गरिएको ४६ रोपनी जग्गा हस्तान्तरणको प्रक्रिया अगाडी बढाउन माग गरिएको छ । विस्थापितहरुको पुर्नस्थापनाका लागि खरिद गरिएको जग्गा प्लटिङ गरी ईस्टमेट तयार हुँदा समेत काम अगाडी नबढेको भन्दै पिडितहरुले १ सय २७ औं पटक ज्ञापन पत्र बुझाएका हुन् ।

२०६२ असोज ८ गते डडेल्धुराको परशुराम नगरपालिका २ र ३ मा अविरल वर्षापछि विस्थापित जीवन विताउँदै आएका पिडितहरुले आफुहरुको पुर्नस्थापनाका लागि खरिद गरिएको जग्गा हस्तान्तरणको माग गरेका हुन । पहिरोमा एकै परिवारका ८ सदस्य सहित ३२ जनाले ज्यान गुमाएका थिए । ३५ घर परिवार पहिरोबाट विस्थापित भए । विस्थापितहरुको पुर्नस्थापनाका लागि खरिद गरिएको जग्गा प्लटिङ गरी ईस्टमेट तयार भएपनि काम अगाडी नबढेको भन्दै १ सय २७ औं पटक जिल्ला प्रशासन कार्यालय डडेल्धुरा मार्फत सुदुर पश्चिम प्रदेशको मुख्य मन्त्रालय र भौतीक पुर्वाधार मन्त्रालयमा ज्ञापन पत्र बुझाएका हुन् ।

पिडितहरुकालागि परशुराम नगरपालिका वडा नं. ४ रातीमाटीमा ३७ रोपनी र वडा नं. ५ परिगाउँमा ९ रोपनी गरी ४६ रोपनी जग्गा अघिल्लो सरकारमा खरिद गरेको थियो । तर जग्गा अहिलेसम्म पनि योजना बनाएर हस्तान्तरण गरिएको छैन । पिडितहरुले यसअघि विभिन्न निकायलाई १ सय २६ पटक ज्ञापन बुझाईसकेका छन् । बाढी ग्रस्त क्षेत्रमा तत्काली प्रधानमन्त्री पुष्प कमल दहाल र शेर बहादुर देउवाले निरिक्षण गरेपनि कुनै पहल नगरेको पिडितहरुको आरोप छ ।

डोटीमा रहेको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयले आवास तथा अन्य पुर्वाधार निर्माणका लागि जग्गा प्लटिङ गर्दै २ करोड ६५ लाखको ईस्टमेट समेत मन्त्रालयमा पेस गरेको थियो । अबभने सो रकम निकासाका लागि पहल गर्ने र पिडितहरुको समस्या समाधान गर्ने डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको भनाइ छ ।

इतिबेला पिडीतहरु अरुको घरमा सरण लिएर बसेको छन । १५ वर्ष सम्म पनि सरकारी तवरबाट पिडीतका लागी कुनै पहल नहुदा राज्य सम्यन्त्र प्रती उहिरुको गुनासो छ ।