काठमाण्डौ । महिलामाथि हुने यौन दुर्व्यवहारबारे गत वर्षदेखि विश्वव्यापी रूपमा चलेको मिटुअभियानको केही प्रभाव नेपालमा पनि परेको देखिएको छ ।
सामाजिक परिवेशमा केही हदसम्म समानता रहेको छिमेकी देश भारतमा समेत पीडित महिलाले एकपछि अर्को गर्दै आफूमाथिको दुव्र्यवहार गर्नेहरूको नाम लिइरहँदा नेपाली महिला चाहिँ खासै खुल्न सकेका छैनन् ।
सामाजिक सञ्जालमा सुरु भएको अभियान ‘मि टु’ का क्रममा भारतका प्रतिष्ठित व्यक्तिहरुको नाम मुछिने क्रम जारी छ । बलिउडमा तहल्का मच्चाएको मि टुको समर्थनमा केही साताअघि नेपाली महिला पत्रकारुहरुले पनि आफू विरुद्ध भएको यौन हिंसाका बारे बोले । विश्वभरि फैलिदै गएको मि टु मुभमेन्टले नेपाली राजनीतिक क्षेत्रमा नि प्रवेश पाएको छ । शिव प्रकाशले तत्कालिन काठमाडौं महानगरपलिकाको मेयर तथा हालका प्रदेश नम्बर ३ भौतिक पूर्वाधार विकासमन्त्री केशव स्थापितमाथि आरोप लगाएका छन् ।
उनले सामाजिक सञ्जाल ट्विटरमा आफ्नो हत्या गर्नेसम्मको प्रयास गरेको आरोप लगाएका छन् । त्यस्तै पत्रकार रश्मिला प्रजापतीले स्थापितले आफूलाई यौन दुव्र्यवहार गरेको कुरा सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन् । १५ वर्ष अघि भएको उक्त ह्यारेसमेन्टबारे उनले यसअघि पनि विभिन्न मिडियालाई बताएको उल्लेख गरेकी छिन् । तर, मुभमेन्ट अन्तर्गत भने उनले सामाजिक सञ्जालमा उक्त घट्नाबारे पहिलो पटक लेखेकी हुन् ।
मेयरको यौन प्रस्ताव अस्विकार गर्दा जागिर समेत गुमाउनु परेको अनुभव उनले फेसबुकमा सेयर गरेकी छिन् । केही साताअघि पूर्वसञ्चारकर्मी मीना कैनीले पत्रकार भएर काम गर्दा मौखिक र साङ्केतिक यौन दुव्र्यवहारको सामना गर्नुपरेको सामाजिक सञ्जालमा लेखेकी थिइन् । पत्रकार सुबिना श्रेष्ठले पनि समाचार सङ्कलनका क्रममा भएका दुव्र्यवहारबारे सामाजिक सञ्चालमा र पछि एउटा दैनिक पत्रिकामा पनि त्यस्ता विवरणहरू खुलाएर लेख नै लेखिन् । तर दुवैले पीडकको विवरण भने खुलाएनन् ।
हलिवूडभित्र भएको यौन दुव्र्यवहारका घटना सार्वजनिक रूपमा देखापर्न थालेपछि त्यसले विश्वभरि नै Me Too अर्थात् यौन दुव्र्यवहारको शिकार म पनि भन्ने अभियान शुरू भएको हो । त्यसको तरङ्ग लगभग एक वर्ष पुगेपछि छिमेकी भारतसम्म आइपुग्यो । राज्यमन्त्रीदेखि, प्रख्यात कलाकार र पत्रकार समेत उक्त अभियान अन्तर्गत आरोपितको सूचीमा परे र तीमध्ये कतिपय पदबाट राजीनामा दिन बाध्य भए ।
भूतपूर्व सम्पादक समेत रहेका कनिष्ठ विदेशमन्त्री अकबर, भारतीय मीटू अभियान अन्तर्गत यौन दुव्र्यवहार गरेको आरोप लाग्ने उच्च पदस्थ सरकारी अधिकारी हुन् । बलिउड अभिनेत्री तनुश्री दताले अभिनेता नाना पाटेगरलाई यौन दुव्र्यवहारको आरोप लगाए पछि मिटुले नयाँ मोडलिएको हो । त्यसैगरि कार्यक्रम निर्माता बिनता नन्दाले अभिनेता आलोकनाथलाई यौन दुव्र्यवहारको आरोप लगाएकी छिन् ।
गायक अनु मलिकमाथि यौन दुव्र्यवहारको आरोप लगाए पछि उनलाइ चाचित सो इन्डियन आइडको जजबाट निकाल्ने भएको छ । र्चाचित चलचित्र निर्माता साजिद खान माथि ३ जाना महिलाले यौन दुव्र्यवहारको आरोप लगाएका छन् ।




प्रतिक्रिया