इंगलिश प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा म्यान्चेस्टर सिटी

0
Shares

काठमाडौं,१३ काक्तिक। म्यान्चेस्टर सिटी फेरि एकचोटि इंगलिश प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा रहन सफल भएको छ । सोमबार राति भएको खेलमा टोटनह्याम हट्सपरलाई १–० ले हराउँदै आफूलाई शीर्ष स्थानमा देखाउन सफल भएको छ ।

घरेलु मैदानमा खेलेको टोटनह्यामले खेलको छैटौँ मिनेटमै गोल खाएको थियो। रियाद महरेजले गरेको त्यहि गोलले सिटीलाई जिताउन सफल भएको थियो ।

१० खेलबाट २६ अंक जोडेको म्यान्चेस्टरले गोल अन्तरमा लिभरपुललाई पछि पार्दै शीर्ष स्थानमा पुग्न सफल भएको हो ।तेस्रो स्थानमा चेल्सीको २४ अंक रहेको छ । एजेन्सी