स्वास्थ्यबारे अनर्गल प्रचार गर्नेविरुद्ध प्रधानमन्त्री आक्रामक, जारी गरे यस्तो सर्कुलेशन


काठमाडौं, १४ कात्तिक । त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यबारे केही अनलाईन मिडिया र सामाजिक सञ्जालमा अनर्गल प्रचार गरिएकोप्रति गम्भिर ध्यानाकार्षण भएको जनाएका छन् ।

त्यस्तै उनले आफ्नो स्वास्थ्यप्रति देखाएको चिन्ता र स्वास्थ्यलाभको कामनाका लागि धन्यवाद समेत दिएका छन् । ओली सोमबार विहान साढे ४ बजे शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।

ओलीको उपचारमा संलग्न चिकित्सकहरुले दिएको जानकारी अनुसार आफ्नो स्वास्थ्यबारे भ्रामक समाचार फैलाउने र अनर्गल प्रचार गर्नेलाई नछोड्न उनले सर्कुलेशन नै जारी गरेका छन् ।