काठमाडौँ,१४ कात्तिक ।नर्थ वेस्टर्न प्राइवेट स्कूल अर्गनाइजेसन नोप्सोको आयोजनामा आगामी शनिबारदेखि अन्तर विद्यालय फुटसल प्रतियोगिता हुने भएको छ । स्वयम्भू ठूलो भ¥याङको बुद्धचोक फुटुल पार्कमा हुने उक्त प्रतियोगितामा उपत्यकाका १२ विद्यालयको सहभागिता रहने नोप्सोका अध्यक्ष दिलीप रेग्मीले बताए।
विद्यालयबीच भाइचारा र विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि आयोजना हुन लागेको सो फुटसल प्रतियोगिता लिगकम नकआउटका आधारमा सञ्चालन हुनेछ । “विद्यार्थीबीचको सम्बन्ध सुधार तथा लुकेका प्रतिभा बाहिर ल्याउने प्रतियोगिताको मुख्य उद्देश्य हो”, उनले जनाएका छन । एक दिने सो प्रतियोगितामा सहभागी विद्यालयलाई दुई समूहमा विभाजन गरिने र समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । रासस




प्रतिक्रिया