ऋषि धमलाको टिभी कार्यक्रममा महेश बस्नेत र महेन्द्र यादवबीच झण्डै कुटाकुट (भिडियोसहित)


काठमाडौं, १४ कात्तिक । सत्तारुढ दल नेकपाका नेता, सांसद एवम् पूर्वमन्त्री महेश बस्नेत र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री महेन्द्र यादवबीच प्राईम टाईम्स टेलिभिजनको चर्चित कार्यक्रम “जनता जान्न चाहन्छन” मा झण्डै कुटाकुट भएको छ ।

आज राति प्रशारण भएको कार्यक्रममा यी दुई नेताहरुबीच निकै चर्काचर्की परेको थियो । नेकपाका नेता बस्नेतले संघीयता नडुब्ने र देश पनि संकटमा नपर्ने बताए । उनले बरु यतिवेला कांग्रेस संकटमा परेको भन्दै बचाउनको लागि नेता यादवलाई आग्रह गरेका थिए । उनले भने, “आजको परिवेशमा कांग्रेस संकटमा छ, तपाईहरु कांग्रेसको चिन्ता लिनुहोस् ।”

तर, कांग्रेस नेता यादवले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई असफल प्रधानमन्त्रीको संज्ञा दिए । उनले आगामी निर्वाचनमा जनताले आफूहरुलाई नै विजयी गराउनेसमेत दाबी गरे ।

नेता बस्नेतले भने वर्तमान प्रधानमन्त्री कहिल्यैपनि असफल हुन नजान्ने नेता भएकोले वर्तमान सरकार कुनैपनि हालतमा असफल नहुने दाबी गरे । यादवले प्रधानमन्त्री ओलीले तत्काल राजिनामा दिनुपर्ने माग गरे ।

बस्नेतले कांग्रेससँग अब जम्मा दुई वटामात्रै विकल्प रहेको सुनाए । उनले भने,”कि त बीस वर्षसम्म प्रतिपक्षी भएर बस्ने, कि त नेकपामा प्रवेश गर्ने हो ।”