स्पेनिस कोपा डेल रे फुटबल : बार्सिलोनाको कठिन जित

0
Shares

काठमाडौं, १५ कात्तिक । स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत अन्तिम ३२ को पहिलो लेगमा बार्सिलोनाले लिओनेसामाथि संघर्षपूर्ण जित निकालेको छ।

मेसी बिना बुधबार राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा सिमित लिओनेसालाई १-० ले हराउँदै कठीन जित निकालेको हो ।लिओनेसाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जिताउन क्लेमेन्ट लेङलेटले निर्णायक गोल गरे। खेलको अन्तिम मिनेटमा लेङलेटले निर्णायक गोल गर्दै पहिलो लेगमा बार्सिलोनालाई १-० को अग्रता दिलाएका हुन्।

खेलको इन्जुरी समयमा सर्जियो मार्कुसले दुई पहेलो कार्डसहित रातो कार्ड पाउदा लिओनेसा १० खेलाडीमा समेटिएको थियो।

अब दुई टोलीबीचको दोस्रो लेग बार्सिलोनाको घरेलु मैदानमा हुनेछ। यसैबीच बार्सिलोनाका कप्तान लियोनल मेसी अभ्यासमा फर्किएका छन्। हातको हड्डी भाच्चिएकाले पछिल्लो दुई खेल गुमाएका मेसी अपेक्षा गरेभन्दा छिट्टै प्रशिक्षणमा फर्किएका हुन्।

अक्टुबर २० मा सेभिल्लासँगको खेलमा मेसीको हातमा चोट लागेको थियो । चोटका कारण उनी केही साता मैदान बाहिर रहने अनुमान गरिएको थियो। ३१ वर्षे मेसीले इन्टर मिलानसँगको च्याम्पियन्स लिग र आइतबार रियल म्याड्रिडसँगको एल क्लासिको गुमाएका थिए।

एजेन्सीको सहयोगमा