कात्तिक १६, काठमाडौं – नेपाल विद्यार्थी सघका महामन्त्री कुन्दन राज काफ्लेले सर्लाहीको रामनगर गाउँपालिका–४ मा भएको गोलीकाण्डका घाइतेलाई अस्पतालमा गएर भेटेका छन् ।
नेता काफ्ले जिल्ला अस्पताल पुगेर घाइते वडाध्यक्ष रामनरेश महतो र गोली लागेर घाइते अन्य कांग्रेस कार्यकर्तालाई भेटेका हुन् ।

घटनाबारे बुझ्न र आन्दोलनमा सहभागी हुन महामन्त्री काफ्ले सर्लाही सदरमुकाम मलंगवा पुगेका छन् ।
मृतकलाई शहीद घोषणा गर्नुपर्ने, दोषीलाई तत्काल पक्राउ गरी कारवाही गर्नुपर्ने लगायतका माग कांग्रेसले राखेको छ ।




प्रतिक्रिया