काठमाडौं । वर्षकै बहुप्रतिक्षित चलचित्र ‘मालिका’ र ‘चङ्गाचेट’ शुक्रबारदेखि प्रदर्शनमा जुधि रहेको छ । यसै सन्दर्भमा प्राईम टाइम टेलिभिजन मार्फत प्रसारण हुने कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा चलचित्र चङ्गाचेटका निमार्ता माधव वाग्ले र नायिका सुरक्षा पन्तसँग ऋषि धमलाले गरेको कुराकानिको आधारमा तयार पारिएको साम्रगीः
निर्माता माधव वाग्लेले चलचित्र निमार्णका क्रममा आफूलाई परिवन्धमा पारेको जिकिर गरेका छन् । उनको बारेमा अदालतमा मुद्धा विचाराधिन छ । कमेडी वेसको चलचित्र चङ्गाचेटको लागि निर्माण गरिएको नक्कली नोटको फन्दामा परेका निर्माता वाग्लेको मुद्धा अदालतमा विचाराधिन छ ।
कार्यक्रममा उनले यदि अदालतबाट आफु दोषी ठहर गरे मृत्यु वरण गर्नेसम्मको विलानौ पाखेका छन् । आफ्नो बर्दीको लागि प्रहरीले आफुलाई फसाइएको दावि गरेका छन् । जेलभित्र ड्रमिहरु छन् र अपराधिले उन्मुक्ति पाएको र प्रहरीले संरक्षण गरेको आरोप लगाए ।
त्यस्तै उनले आफू देशप्रेमी भएको भन्दै विदेशमा बस्ने नेपालीहरुले खासमा देश के हो ? देशको माया के हो ? भन्ने कुरा थाह पाएका हुन्छन् भन्ने तर्फ सारेका छन् ।
उनले भनेका छन्,‘म धेरै १२ वर्ष विदेशमा बसे, देशको माया, के हो ? राष्ट्रियता के हो ? विदेशमा बस्दा आफ्नो झण्डा, देशको गेम देख्दा कति माया लाग्छ, मलाई थाह छ, फिल्ममा समावेश गर्नको लागि निमार्ण गरिएको नोटलाई परफले सम्बोधन गर्नेगर्छौं, हामीसँग हतियार हुन्छ, सबै कुराको अनुमति लिएर काम गर्ने गरेका छौं, राम्रो गर्नेलाई यसरी मर्न बाध्य पारिन्छ, मिडियाहरुले नबुझेर आत्महत्या गर्न बाध्य बनाउछन्, त्यसै सतिले सरापेको देश भनेका होनन् रहेछन् ।’
त्यस्तै गायिका सुरक्षा पन्तले चङ्गाचेटमा आफूले २ लाख लिएर फिल्म खेलेको खुलासा गरेकी छन् । नायिका पन्तले नेपाली चलचित्रले देश विकास र परिवर्तनमा ठूलो भूमिका खेलेको बताउछन् । भिडियो सहित




प्रतिक्रिया