दृष्टिविहीनको जिन्दगी : सडकमा गायन, सरकारसँग गुनासो


कात्तिक १७, काठमाण्डौ । गुजारा टार्नका लागि सबैले केही न केही काम गर्नैपर्छ । शारीरिक अपाङ्गता भएकालाई सरकारले पुग्नेगरी सेवा सुविधान दिन सकेको छैन । जसका कारण दृश्टीविहिनहरुले पैसा कमाउनका लागि विभिन्न उपाय अपनाउने गरेका छन् । तिमध्ये सडकमा बसेर गित गाउनेहरुको कथा बेग्लै छ ।

गौशालाबाट पशुपति जाने बाटामा दुवै पट्टि पुजा समाग्रिहरुले सजिएका पसलहरु छन् । त्यहि पसलको बाटो कयौं हिन्दु धर्मालम्विहरु हातमा पुजा समाग्री समातेर हिन्दुहरुको ठूलो देवालय पशुपतिनाथको दर्शन गर्न जाने गर्दछन् ।

जब पुजा समाग्रीले सजिएका पसलहरुको बजार सकिन्छ तब परिवेश बदलिन्छ । पुशुपति नाथको दर्शन गर्न जाने धर्मालम्विहरुको कानमा एकाविहानै मधुर र मर्मिक शोरको गुन्जयमानले छुन्छ । पवित्र मन लिएर हिन्दुहरुको भगवन शिवको दर्शन गर्न जाने व्यक्तिहरुको कानमा मार्मिक स्वरले गुन्जयमान गरेपछि एक छिन उभिन्छन् र मार्मिक ध्वनलाई सुन्ने गर्दछन् । त्यो गुन्जयमान दृष्टिविहिनहरुको समुहले गाउँदै गरेको गितको हो ।

यो समुह एकाविहानै गौशालाबाट जाने पुशुपतिको द्धारको अगाडि सधैं गित गाएर गुजारा चलाउँने गर्छन् । विहानदेखि साँझसम्म पैसा कमाउनकै लागि गित गाउनेहरुको पीडा आफ्नै छ । पशुपति क्षेत्र विकास कोषले पशुपति परिसरमा बसेर गित गाउँन नदिएपछि उनीहरु सडकमा पुगेका हुन् ।

नेपाल दृष्टिविहिन अपाङ्ग जागरण समितिका अध्यक्ष सुदिप ओली

आफूहरुको रोजिरोटी नै खोसिएको भन्दै उनीहरुले ‘नेपाल दृष्टिविहिन अपाङ्ग जागरण समिति’ बनाए । समितिमा १३ जना सदस्य रहेका छन् । सरकारले दृष्टिविहिनको योग्यताको कदर गर्दै गासबास, स्वाथ्य र रोजगारको व्यबस्था गर्नु पर्ने भन्दै प्रधानमन्त्री कार्यलय र महानगरपालिमा ज्ञापन पत्र पनि बुझाएका छन् । तर माग सुनुवाई भएको छैन ।

समस्या जे भए पनि परिवार पाल्नका लागि हरेक दिन सडकमा बसेर गित गाउनेपर्ने उनीहरुको बाध्यता छ । दिनभरी उठेको पैसाले घरखर्च उठाउने गर्छन् ।

संविधानले सबै नेपालीहरुको गासबास, शिक्षा, रोजगारी लगायत अधारभुत आवश्यकता दिनुपर्ने व्यवस्था गरेको छ । अझ फरक तरिकाले बाचिरहेका दृष्टिविहिन लगायत अन्य अशाहय व्यक्तिहरुका लागि सरकारले विशेष व्यवस्था गर्नु कर्तव्य हो । तर यसको कार्यान्वयनको पाटो दयनीय छ ।