कांग्रेसको किचलो अझै रोकिएन, महासमिति बैठक यसकारण अन्योलमा


कात्तिक १७, काठमाण्डौ । आगामी मंसिर ५ देखि ९ गतेसम्म काठमाडौमा बस्ने भनेको नेपाली काँग्रेसको महासमिति बैठक पार्टिको आन्तरिक विवाद मिल्न नसक्दा तोकिएको समयमा नहुने भएको छ ।

महासमिति कग्रेसको नीति निमार्ण गर्ने उच्चस्तरीय थलो हो । यसले नेतृत्व परिवर्तन गर्ने बाहेक पार्टिको सम्पुर्ण काम गर्ने गर्दछ । तर विवादकै कारण बैठक अनिश्चित बनेको छ ।

महासमिति बैठकमा पार्टीको समग्र राजनीतिक, सांगठनीक, आर्थिक विषयका प्रस्ताव प्रस्तुत हुन्छ । महासमीति बैठकले पार्टीसँग जोडिएका सम्पुर्ण विषयमा छलफल गरेर दिशानिर्देश गर्ने काम गर्छ । बैठकमा संविधान कार्यान्वयन, संघीय प्रणालीको विकासव्रmम संघ, प्रदेश र स्थानिय तहविचको अधिकार प्रत्यायोजन लगाएत विषयमा छलफल हुने छ ।

महासमिति बैठकमा पेश गर्न राजनीति र आर्थिक प्रस्ताव लेख्न शुरु गरिएको छ । कांग्रेसले लिने भावी रणनीति पनि महासमिति बैठकले तय गर्ने छ । कग्रेसका नेता देखि कार्यकर्ताहरु महासमिति बैठकको ब्यग्र प्रतिक्षामा छन् । तर नेतृत्वले महासमिति बैठक तोकिएको मितिभन्दा केहि पर धकेल्ने संकेत गरेको छ ।

कग्रेसमा १२ सय महासमिति सदस्य छन । महासमिति बैठकले कांग्रेसको नयाँ विधान पारित गर्ने छ । नेपाली काग्रेसको नयाँ विधानमा प्रस्ताव भएका विभिन्न विषयले कांग्रेस नेता देखि कार्यकतासम्ममा उत्साह थपिएको छ । तर विधान लेखन अन्तिम चरणमा पुगे पनि कतिपय विषयमा विवाद कायमा छ ।

नेताहरुको स्वार्थ बाँझिदा विधान संशोधन टुङ्गोमा पुग्न सकेको छैन भने महासमिति बैठक नै अन्योलमा परेको छ । कांग्रेस नेता डा.नारायण खडकाले आन्तरिक समस्या समाधान गर्न नेतृत्वले आपसी त्याग गर्नुपर्नेमा जोडदिएका छन् ।

कांग्रेसको वार्षिक रुपमा महासमिति बैठक नबस्दा नीतिगत रुपमा निणर्य लिन अलमल गर्ने गरेको नेताहरु नै बताउछन । नेता गगन कुमार थापाले हालको कांग्रेसको विधानलाई धेरै हेरफेर नगर्न विधायन समितिलाई आग्रह गरेका छन् । उनले कांग्रेसको महासमिति बैठक निर्धारित समयमा नहुने संकेत पनि गरे ।

निर्धारित समय केही पर धकेलीए पनि महासमिति बैठकले ऐतिहासिक महत्व राख्छ । जसका कारण काग्रेसको भावी रणनीति तय गर्न यो बैठकले प्रभावकारी भुमिका खेल्ने छ । चुनावमा अनपेक्षित पराजय बेहोरेपछि नेतृत्वप्रति असन्तुष्ट नेताहरुले महासमितिको बैठकको माग गर्दै आएका थिए ।

बल्लबल्ल चुनाव सकिएको झण्डै एक वर्षपछिका लागि तोकिएको महासमितिको बैठक पनि अन्योल भएपछि कांग्रेसको आन्तरिक विवाद र कमजोरी पुनः एक पटक सतहमा आएको छ ।