काठमाडौं, १८ कात्तिक । प्रमु प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र यतिवेला सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच रस्साकस्सी चलिरहेको छ । महासमिति बैठक तोकिएकै मितिमा गर्नुपर्ने अडान लिँदै आएका बरिष्ठ नेता पौडेलले आज सभापति देउवासँग छलफल गरेका थिए । तर, देउवाले उनको कुरा सुन्नै चाहेनन् ।
तिहार र छठपछिमात्रै महासमिति बैठक डाक्ने तयारीमा देउवा पुगेका छन् । आफ्नो कुरा सभापति देउवाले नसुनेपछि पौडेलले देउवा अझै नसच्चिएको आरोप लगाउनसमेत भ्याए । नेता पौडेलले आगामी मंसिर ५ देखि ९ गतेसम्म बोलाएको महासमिति बैठक सर्ने भन्दै देउवाले एकपक्षीय हल्ला फिजाएको आरोप लगाएका छन् ।
महासमिति भेला मंसिर ५ गतेबाट बोलाइएको छ । तर, सभापति देउवाले उक्त भेला जसरी पनि सार्ने तयारी थालेका छन् । उता पौडेलले सभापति देउवालाई भेटेरै महासमिति बैठक नसार्न चेतावनी दिएका छन् । स्रोतका अनुसार सभापति देउवाले महासमिति बैठक आगामी मंसिर २७ गतेपछिमात्रै गर्ने निधो गरेका छन् ।




प्रतिक्रिया