काठमाडौं, १८ कात्तिक । सत्तारुढ दल नेकपाभित्र यतिवेला एकता प्रक्रिया चाँडो टुँगो लगाउन नेताहरुलाई आम कार्यकर्ताहरुले दबाब दिएका छन् ।
एकता प्रक्रिया चाँडो टुँगो लगाउनेगरि यो बीचमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पनि लगातार छलफलमा जुटेका छन् । तर, प्रधानमन्त्री ओली अवस्थ भएकाले केही समय यी दुई अध्यक्षबीच यस विषयमा गम्भिर छलफल हुन सकेको छैन् । अब भने एकता प्रक्रियाले गति लिने विश्वास लिईएको छ ।
पार्टीको सचिवालय, स्थायी समिति र केन्द्रिय समिति बैठक बस्न नसकोले तल्लो स्तरबाट पार्टी नेतृत्वलाई तत्काल बैठकहरु डाकेर एकता प्रक्रिया टुँगो लगाउन दबाब आईरहेको छ । नेकपाका एक नेताले भने,‘एकताको लागि स्थानीय तहबाटै दबाब आएको छ । विष्णु पौडेल र बादलजीले जिम्मा लिनुभएको छ । उहाँहरु अहिले रणनीति बनाउनमा व्यस्त हुनुहुन्छ ।’




प्रतिक्रिया