सरकारले ईन्जिनियरहरुको कुरै सुनेन : ई. पोखरेल

0
Shares

काठमाडौं, १८ कात्तिक । नेपाल ईन्जिनियर्स एशोसिएशनका कार्यकारी सदस्य ई। होमनाथ पोखरेलले राष्ट्रिय पूर्ननिर्माण प्राधिकरण गठन भएको आज ३ वर्ष पूरा भएर ४ वर्ष लागेको बताउँदै अहिलेपनि निर्माणका कामहरु सुस्त गतिमा भएको गुनासो पोखे ।

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले सरकार परिवर्तन र सिईओहरु परिवर्तनको बावजुदपनि पूर्ननिर्माणका कामहरु भैरहेको सुनाए ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘हामीले त कामहरु द्रुत गतिमा हुनुपर्छ भनेर आवाज उठाईरहेका छौं । गुणस्तरीय काम हुनुपर्छ भनेका छौं । हामीले आफ्नो तर्फबाट निर्वाह गर्नुपर्ने भूमिका अहिलेपनि निर्वाह गरिरहेका छौं ।’

पूर्ननिर्माणसम्बन्धी कामहरु अघि बढाउनको लागि आफूहरुले देशव्यापी रुपमा सचेतना कार्यक्रमहरु पनि सञ्चालन गरिरहेको उनले सुनाए । उनले भने,‘निर्माणको काम कसरी गर्ने र भुकम्प प्रतिरोधात्मक घरहरु कसरी निर्माण गर्ने भन्नेबारे हामी सचेत छौं । र, यो अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गरिरहेका छौं ।’

सरकारलाई विकास निर्माणको काममा आफ्नो संगठनको तर्फबाट सुझाव तथा नीतिहरु दिईरहेको पनि उनले जनाए । उनले भने,‘४५ हजार ईन्जिनियरहरुको छाता संगठन हो । हामीले सरकारलाई हाम्रो नीतिहरु दिईरहेका छौं । तर, सरकारले हाम्रो कुरा सुनेको छैन् ।’