काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्प कमल दाहालले मानवअधिकारकर्मी एवम् नागरिक आन्दोलनका अगुवा पद्मरत्न तुलाधरको निधनले मुलुकलाई अपुरणीय क्षती पुगेको बताएका छन् ।
आईतबार तुलाधरलाई श्रद्धाञ्जली दिन नर्भिक अस्पताल पुगेका अध्यक्ष दाहालले सञ्चारकर्मीमाझ मुलुकको हरेक परिवर्तनमा तुलाधारको उच्च भूमिका रहेको उल्लेख गरे । तुलाधारलाई पञ्चायत विरोधी आन्दोलन, लोकतान्त्रिक आन्दोलन हुँदै शान्तिप्रक्रिया र संविधान निर्माणमा उनको योगदान सदा स्मरणीय रहने दाहालले बताए । पहिचान र संघीयताका पक्षधर वाम बुद्धिजीवि दिवंगत तुलाधरप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रचण्डले शोक सन्तप्त परिवारजन र आफन्तजनमा समवेदना व्यक्त गरे ।
त्यस्तै नेकपा महासचिव बिष्णु पौडेलले राजनीतिक सामाजिक आन्दोलनमा तुलाधरले खेलेको भूमिकाको स्मरण गरे ।
त्यस्तै मानवअधिकारवादी दमननाथ ढुङ्गानाले सास्कृतिक धरोहरको निधनले ठूलो क्षती भएको बताए ।
समाजवादी फोरमका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले नेपालको विविध समूदायको आन्दोलनमा तुलाधरले खेलेको भूमिका कसैले विर्सन नसक्ने बताए ।
तुलाधरप्रति श्रद्धाञ्जलि व्यक्त गर्न विभिन्न राजनीतिक दलका नेता, शुभेच्छुक लगाएत नर्भिक अस्पताल पुगेका थिए ।




प्रतिक्रिया