डोल्पा जीप दुर्घटनाः १३ जनाको मृत्यु

0
Shares

डोल्पा, १९ कात्तिक । । दुनैबाट जुफालतर्फ जाँदै गरेको भे १ च १६१० नम्बरको जीप ठूलीभेरी नगरपालिका ९ कालागौडाबाट भेरी नदीमा खस्दा १३ जनाको मृत्यु भएको छ । पत्रकार वालकृष्ण डाँगीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

घटनामा उद्दार गरिएकाहरूको दुनै अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।