काठमाडौं, २० कात्तिक । सत्तारुढ दल संघीय समाजवादी फोरम नेपाल चाँडोभन्दा चाँडो सरकारबाट बाहिरिने भएको छ । स्रोतका अनुसार फोरम सरकारबाट बाहिरिने लगभग पक्का भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको लागि अहिलेसम्म ‘डेडलाईन’ तय नगरेको भन्दै उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव रुष्ट छन् ।
अब पनि संशोधन गर्ने मिति तय नगरे सरकारबाट बाहिरिने यादवले चेतावनी दिएका छन् । उता राजपा नेपालपनि सरकारसँग रुष्ट बनेको छ । संविधान संशोधनलगायत आफ्नो पार्टीले उठाएका मागप्रति सरकार गम्भिर नबनेको भन्दै राजपा प्रधानमन्त्री ओलीसँग रुष्ट छ ।
राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले पनि पार्टीको बैठक डाकेर तत्काल सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णय लिने बुझिएको छ।




प्रतिक्रिया