काठमाडौं, २० कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक जारी छ । यो बैठकले पार्टीको महासमिति बैठकको मिति सार्ने भएको छ।
बैठक अपराह्न १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो । बैठकले विधान संशोधन मस्यौदामाथि केन्द्रीय समितिमा छलफल गर्न समय अपुग हुने भन्दै केही दिन पछाडि सार्न सक्ने नेता गुरुराज घिमिरले पत्रकार ऋषि धमलालाई जानकारी दिए ।
कांग्रेस महासमिति बैठक आगामी मंसिर ५ देखि ९ गतेसम्मका लागि तोकिएको थियो । महासमिति बैठक मङ्सिर अन्तिम साताका लागि तोकिने सम्भावना रहेको छ ।
बैठकमा पार्टीको विधान संशाोधन मस्यौदा समितिको प्रतिवेदनसमेत प्रस्तुत हुने र त्यसबारेमा पनि छलफल हुने बताइएको छ। कांग्रेसले संविधानको सङ्घीय संरचनाअनुसार पार्टीको संरचना बनाउन महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो।




प्रतिक्रिया