काठमाडौं, २० कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रिय कार्यसमिति बैठकले पार्टीको महासमिति बैठक आगामी मंसिर २८ गतेलाई राखेको छ ।
पार्टी कार्यालय सानेपामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै आजको बैठकले विजयकुमार गच्छदारलाई उपसभापतिमा मनोनित गरेको छ ।
तर, बरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह र अर्जुननरसिंह केसीले गच्छदारलाई विधानविपरित उपसभापतिमा मनोनित गरेको भन्दै कडा आपत्ति जनाएका थिए । उनीहरुले विधि र प्रक्रियाको मात्रै विरोध जनाएका हुन् । तर, विधानमा नभएको पद सिर्जना गरेकोमा सभापति देउवाविरुद्ध पौडेल पक्षले आपत्ति जनाए ।
बाँकी सहमति कार्यान्वयनका सन्दर्भमा अध्ययन गर्न उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । यसैगरी पार्टीको लेखापरीक्षण समितिका संयोजकमा केन्द्रीय सदस्य श्याम घिमिरेलाई मनोनयन गर्ने निर्णय गरिएको प्रवक्ता शर्माले जानकारी दिए ।




प्रतिक्रिया