थापा र लोहनीबीच मन मिलेकै हो त ? के-के कुरा भयो ?

0
Shares

काठमाडौ, २१ कात्तिक । राप्रपा अध्यक्ष कमल थापा र एकीकृत राप्रपा (राष्ट्रवादी) का अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीबीच आज विेशेष भेटर्वाा भएकोछ ।

दुई नेताबीचको भेटमा पार्टी एकताबारे छलफल भएको हो । समान विचारधारा भएका दलहरूका बीचमा एकता र सहकार्य गर्ने नीतिअनुसार राप्रपा, राप्रपा (प्रजातान्त्रिक) र एकीकृत राप्रपा (राष्ट्रवादी) तीनवटै दलका बीच बलियो राष्ट्रवादी शक्ति निर्माणका लागि एकता गर्ने सन्दर्भमा दुई नेताबीच छलफल भएको हो ।