कात्तिक २५, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता राजकिशोर यादवले आफुहरुले सरकारलाई दिएको समर्थन कायम राख्नका लागि सरकारको कदम के हुन्छ भन्ने कुरा पर्खनुपर्ने बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै यादवले सरकारलाई जिम्मेवार बनेर आफूहरुले अघि सारेका माग पूरा गराउन बारम्बार सचेत गराएको स्मरण गर्दै यादवले अहिलेको स्थितीमा सरकार काम कर्तव्य पूरा गर्न नसकेको बताए ।
यस्तो अवस्थामा सरकारसँगको सहकार्य लामो समय नटिक्ने यादवले बताए । “जनतालाई देखाएको सपना सरकारले पूरा गर्न सकेको छैन । यस्तो सरकारसँग सहकार्य गरेर कति दिन चल्ने ? सरकारलाई दिएको समर्थन नै बोझ बन्दैछ ।”
सरकारलाई गरेको विश्वास नै स्खलित हुँदै गएको भन्दै यादवले संविधान संशोधन मात्र नभै सामान्य काम पनि सरकारले गर्न नसकेको यादवको आरोप लगाए ।
अहिलेको संविधान यथास्थितीमा टिक्न नसक्ने जिकिर गर्दै उनले संविधान कार्यान्वनका लागि संशोधन आवश्यक रहेको बताए । आफूहरुले सरकारलाई संविधान संशोधनका लागि छठसम्मको अल्टिमेटम दिएको स्मरण गर्दै यादवले छठपछि सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णय गरिने बताए ।




प्रतिक्रिया