सरकारको समर्थन फिर्ता लिने वा नलिने भन्नेबारे महन्थ र उपेन्द्रबीच छलफल हुने

0
Shares

काठमाडौं, २५ कात्तिक । सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने भन्नेबारे राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच छलफल हुने भएको छ ।

राजपाले छठपछि समर्थन फिर्ता लिने हल्ला चलिरहेको बेला यस्तो कुरा बाहिरिएको हो । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संविधान संशोधनको काम अघि बढाउन आनाकानी गरिरहेको आरोप राजपा र फोरमले लगाएका छन् ।

यस विषयमा ठोस निर्णय लिन महन्थ र उपेन्द्र अब छिट्टै छलफलमा जुट्ने स्रोतको दाबी छ । उपेन्द्र यादव वर्तमान सरकारको उपप्रधान एवम् स्वास्थ्यमन्त्री छन् । यादव तत्काल समर्थन फिर्ता लिन नहुने पक्षमा छन् । तर, राजपाभित्र अध्यक्ष मण्डलका सदस्यहरुको यो विषयमा मत बाझिएको छ ।