‘सरकारले कमिशनको चक्करमा बुढीगण्डकी असफल चिनियाँ कम्पनीलाई दियो’

0
Shares

काठमाडौं, २५ कात्तिक ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता चीनकाजी श्रेष्ठले वर्तमान सरकारले हतार–हतार गरेर कमिशनको चक्करमा बुढीगण्डकी परियोजना चिनियाँ कम्पनी गेजुवालाई दिएको भन्दै कडा विरोध जनाए ।

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘यो परियोजना जनताकै सहभागितामा बनाउनुपर्छ भनेर हामी भन्दै आएका छौं । यो नेपालको आफ्नै स्रोत र साधनले बनाउनुपर्छ । तर, एकाएक यो सरकारले असफल कम्पनी गेजुवालाई बनाउन दिने निर्णय गरेको छ । यो सबै कमिशनको खेल हो । सरकराको यो कदमले अब बुढीगण्डकी नबन्ने हो कि भनेर हामीलाई शंका लागेको छ । जनतालाई राष्ट्रिय गौरवको आयोजनमा सहभागि हुनबाट बञ्चित गर्नुले यो सरकार अराष्ट्रिय हो की भन्ने प्रष्ट हुन्छ ।’

https://youtu.be/zxmChf7tqSU