भारतका लागि नेपाली राजदुतमा निलाम्बर आचार्यको नाम सिफारिश


काठमाडौं, २५ कात्तिक । सरकारले भारतका लागि नेपाली राजदुतको लागि निलाम्बर आचार्यको नाम सिफारिश भएको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । आचार्य नेपाल-भारत प्रवुद्ध व्यक्ति समूहका नेपाल तर्फका सदस्य हुन् ।

त्यस्तै, युएईका लागि कृष्ण प्रसाद ढकाल र मलेसियाका लागि उदयराज पाण्डेको नाम सिफारिस गरेको छ । राजदूतमा सिफारिस भएका ढकाल परराष्ट्र मन्त्रालयका सहसचिव र आचार्य संविधानविद् हुन् । यस्तै पाण्डे यसअघि साउदी अरबको पूर्व राजदूत भइसकेका व्यक्ति हुन् ।