काठमाडौं । नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्लेले संघको नेतृत्व गोजिबाट चयन गरिए कडा प्रतिवाद गर्ने चेतावनि दिएका छन् । महामन्त्री काफ्ले समुहले राजधानीको प्रदर्शनि मार्ग स्थित बाल्मीकि क्याम्पसमा पत्रकार सम्मेलन गरेर नेविसंघको बारेमा गम्भिर नभएको जानकारी दिदै गोजिबाट संघको नेतृत्व छान्ने कुचेष्टा नगर्न पार्टी नेतृत्वलाई आग्रह गरेको छ ।
जारि विज्ञप्तीमा भनिएको छ,‘आफ्नो सिमित स्वार्थ पुरा गर्न गोजिबाट टपक्क टिपेर टिके प्रथा मार्फत दास जन्मायँदै नेविसंघको नेतृत्व चयन गर्ने कुचेष्टा नगर्न पार्टी नेतृत्वलाई आग्रह गर्दछौं, आम विद्यार्थी प्रष्ट छन्, टिके प्रथाले आम विहिनता र जनविरोधी गतिविधिहरु बढाईहरदा त्यसको विरुद्ध खबरदारी गर्ने, जुझारु संगठनलाई आन्तरिक झमेलामा अल्मलाएर आफ्नो गुटगत स्वार्थ सिद्धि गर्ने प्रवृतिको विरुद्ध संघर्ष गरि आन्तरीक लोकतन्त्र संस्थागत गर्दै महाधिवेशनबाट मात्रै संघको नेतृत्व चयन नभएसम्म जस्तो सुकै संघर्षमा होमिन तयार रहेको अवगत गराउँदछौं ।’ महामन्त्री काफ्ले समुहले संघको १२ औं महाधिबेशनको वातावरण निमार्ण गर्न मातृपार्टी नेपाली कांग्रेससँग माग गरेको छ ।

तस्विर-मुकुन्द कालिकोटे




प्रतिक्रिया