ओली पैसा खाएर नियुक्ति गर्छन, प्रचण्ड देशको एक मात्र राम्रो नेता : केसी (भिडियोसहित)

0
Shares

काठमाडौं, २६ कात्तिक । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पैसा खाएर नियुक्ती गर्ने गरेको गम्भिर आरोप लगाएका छन् । केसीले अहिले एकमात्र राम्रो नेता नेकपाकै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भएको पनि ठोकुवा गरे ।

मुलुकको विकासको लागि नेताहरु भौतिक, नैतिक र राजनैतिक रुपमा स्वस्थ हुन जरुरी रहेको केसीको भनाई छ । नेपालका नेताहरुको शक्तिप्रतिको दृष्टिकोण अझैपनि सफा नभएको उनको गुनासो छ ।