काठमाण्डौ । केपी शर्मा ओलीले प्रधानमन्त्री भएलगत्तै मितव्ययीता अपनाउने घोषणा गरेका थिए । नेता, मन्त्रैदेखि कर्मचारीसम्मको विदेश भ्रमणमा मनपरी छुट नदिने प्रतिवद्धता पनि व्यक्त गरेका थिए । तर व्यवहारमा त्यस्तो देखिएको छैन ।
दलीय स्वार्थका आधारमा विदेश भ्रमणमा कसैलाई विमानस्थलबाटै फर्काइएको छ भने कसैलाई जे गरे पनि स्वतन्त्र छोडिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका मन्त्री तथा नेताहरुलाई देश र जनताको हकहितमा केन्द्रित भएर काम गर्न भन्दै पटक–पटक निर्देशन दिदै आइरहेका छन । तर सरकारका मन्त्रीहरु भने मन्त्रालयको काममा भन्दा पटक–पटक विदेश यात्रामा निस्किने गरेका छन । संघीय समाजवादी फोरमका अध्यक्ष एव्म स्वथ्यमन्त्री उपेन्द्र यादव अहिलेको मन्त्रीहरुमध्ये सवैभन्दा धेरै विदेश घुम्ने मन्त्रीमा पर्छन । उपप्रधानमन्त्री समेत रहेका यादव हरेक महिना जस्तै विदेश भ्रमणमा जाने गरेका छन् ।
गत कात्तिक पहिलो साता मात्रै मन्त्री यादवले काजकिस्तान, बेलायत, पोर्चुगल, भारत लगायत देशको भ्रमण गरेका थिए । उनी सोमबार कतार भ्रमणमा निस्किसकेका छन् । यसअघि पनि पराष्ट्रमन्त्री हुदां उनी सवै भन्दा धेरै विदेश भ्रमण गर्ने मन्त्री बनेका थिए । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित ६ दिने चिनको भ्रमण गएका थिए । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही पनि असोज पहिलो साता चिन भ्रमणमा गएका थिए । सभामुख कृष्णबहादुर महरा पनि चिनको भ्रमण सकेर आए । पराष्ट्रमन्त्री प्रदिप ज्ञावली पनि अमेरिका पुगेका््र आइसकेका छन् ।
उता प्रधानमन्त्रीको विश्वाशिलो पात्र मानिने प्रदेश १ का मुख्यमन्त्री शेरधन राई गत कात्तिक १६ गते उपचार गर्न थाइल्यान्ड जान्छु भनेर हिडेका सुटुक्क अमेरिका पुगे । बैंकक प्रस्थान गरेका राईले अमेरिका जान संघीय मन्त्रिपरिषद्संँग कुनै अनुमति त लिएका थिएनन नै पराष्ट्रमन्त्रालयलाई समेत कुनै जानकारी गराएनन । यी कुराले पनि वर्तमान सरकार देश र जनताप्रति कतिको जिम्मेवारी छ भन्ने कुरा प्रष्ट भएको छ । उता सरकारमा रहेका दलका शिर्ष नेताहरुपनि विदेश भ्रमणमा गइरहन्छन् ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल यसअघि चिन भ्रमण सकेर भारत पुगेर पनि आइसके । त्यस्तै नेकपा नेता माधव कुमार नेपाल, प्रवक्ता नारायाण काजी श्रेष्ठ, फम्फा भुसाल लगायत पनि विभिन्न देशको भ्रमण गरेर फर्किएका छन । सरकारले आफूसंंग नसोधी थाइल्यान्ड जान लागेको भन्दै केही समयअघि पूर्व बाल लडाकु’ लेनिन विष्टलाई विमानस्थलबाटै रोकेको थियो । संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइराला पनि विमानस्थलबाटै फर्काइएका थिए । तर सत्तारुढ दलका नेता तथा मन्त्रीहरुलाई भने विदेश भ्रमणमा स्वतन्त्र छोडिएको छ ।
एकातिर सरकारको काम प्रभावकारी नभएको भन्दै आलोचना भइरहेको छ भने अर्कोतिर जनताको हितमा काम गर्नुपर्ने जिम्मेवार व्यक्तिहरु विदेश भ्रमणमै केन्द्रित भएका छन् । अनि कसरी पूरा होला सुखी नेपाली समृद्ध नेपालको सपना ?




प्रतिक्रिया