कात्तिक २७, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका नेता केशब बडालले पार्टीको तल्लो तहसम्मको एकता प्रक्रिया तत्काल टुङ्ग्याउन नेतृत्वलाई सुझाब दिएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै बडालले नेतृत्वको कार्यशैलीलाई छिटो छरितो बनाउनुपर्नेमा जोड दिएका हुन् ।
पार्टी एकताका सन्दर्भमा नेताहरुबीच फरकफरक विचार आइरहेको भन्दै उनले सबै विचारलाई ध्यानमा राखेर नेतृत्वले एकीकरणको काम सक्नुपर्ने बताए ।
चार महिनादेखि बस्न नसकेको स्थायी कमिटि बैठक पनि अब तत्काल बस्नुपर्नेमा उनले जोड दिए ।
तल्लो तहबाट आएका सिफारिस र सुझाबलाई अध्ययन गरेर प्रक्रिया अगाडि बढाउने जिम्मा महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य रामबहादुर थापालाई दिइएको तर प्रभावकारी रुपमा काम हुन नसकेको बडालले बताए ।
बडालले केपी ओली नेतृत्वको सरकारले पनि प्रभावकारी काम गर्न नसेकेको बताएका छन् ।
सुखी नेपाली समृद्ध नेपालको सपना पूरा गर्ने जिम्मा लिएको सरकारले हर हिसाबले प्रभावकारी काम गर्नुपर्ने बडालको भनाई छ ।




प्रतिक्रिया