प्रचण्ड अझै दुई दिन म्याग्दीमा बस्ने, दैनिक ६ घण्टा तातोपानीमा डुब्ने

0
Shares

काठमाडौं, २७ कात्तिक । सत्तारुड दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड अझै दुई दिन म्याग्दीमा बस्ने भएका छन् । हिजो बिहान म्याग्दीको तातोपानी पुगेका प्रचण्ड अझै दुई दिन त्यही बस्ने पारिवारिक स्रोतले जानकारी दिएको छ ।

पत्नी सीता दाहालको उपचारको क्रममा चिकित्सकको सल्लाहमा अध्यक्ष परिवारसहित तातोपानी नुहाउन म्याग्दी पुगेका हुन् ।

बेनीनगरपालिका–४ मा रहेको प्राकृतिक चिकित्सालयको रुपमा प्रसिद्ध तातोपानी कुण्डमा स्नान गर्दा छाला, नशा, ग्याष्ट्रिक, वाथ लगायत रोगका विरामीलाई फाइदा पुग्ने भएकाले मानिसहरु तातोपानीमा नुहाउन आउने गरेको कुण्ड व्यवस्थापन समितिले जनाएको छ । प्रचण्ड र पत्नी सिता दैनिक ६ घण्टा तातोपानीमा डुबेर बस्ने जनाईएको छ ।

अध्यक्ष प्रचण्डसँग पत्नी सीता दाहालसहित, छोरी तथा स्वकीय सचिव गंगा दाहाल प्रमुख स्वकीय सचिव जोखबहादुर महरा ‘प्रताप’ छन् । प्रचण्डका साथमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उनकी पत्नी नैनकला थापा पनि तातोपानी पुगेका छन् ।