सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घ सोडारी पदमुक्त


कात्तिक २७, काठमाण्डौ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घ सोडारीलाई पदमुक्त गरिएको छ । प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले सोडारीलाई मन्त्री पदबाट हटाउका हुन् ।

सोडारीले प्रयोग गर्दै आएका बा२झ ३१२५ नं को स्कारपियो जिप गए राति कैलालीमा दुर्घटना हुँदा तीन जना घाइते भएका थिए । उक्त घटनापछि उनी आलोचित बनेको थिए ।

सोडारीले पद अनुकुलको आचरण नगरेको र पटक पटक पार्टीको सुझाव अटेर गरेकाले पदबाट हटाउन निर्देशन दिइएको बताइएको छ ।

यद्यपी उनलाई किन पदमुक्त गरियो भन्ने जानकारी प्राप्त भइसकेको छैन ।