काठमाडौं, २७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली आगामी मंसिर १५ गतेपछि मात्रै सिंहदरबार जाने भएका छन् । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले दिएको जानकारी अनुसार प्रधानमन्त्री ओली अहिले पूर्ण रुपमा स्वस्थ भैसकेका छन् । तर, सिंहदरबार भने मंसिर १५ गतेबाट जाने उनले जनाए ।
आज राति प्राईम टाईम्सटे टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो जानकारी गराएका हुन् ।उनका अनुसार प्रधानमन्त्रीले अब जनतामा प्रत्यक्ष प्रभाव पर्नेगरि आफ्नो कामको गति बढाउने तयारी गरेका छन् । त्यसको लागि प्रधानमन्त्रीले कामको लिष्ट समेत तयार पारिसकेका छन् ।
सिंहदबार पुगेपछि प्रधानमन्त्री ओलीले गर्ने पहिलो काम मन्त्रीहरुको कामको अनुगमन गर्ने रहेको रिमालले जनाए । त्यस्तै भ्रष्टाचारी, बलात्कारीजस्ता अपराधीहरुलाई कडा भन्दा कडा कानुनी कारबाही गर्नेपनि प्रधानमन्त्रीको अर्को कार्ययोजना छ ।




प्रतिक्रिया