१६ औं हस्तकला व्यापार मेला आजबाट-फोटोफिचर

0
Shares

काठमाडौं, २८ कात्तिक । आजबाट काठमाडौंको भृकुटीमण्डपमा १६ औं हस्तकला व्यापार मेला सुरु भएको छ । ५ दिनसम्म चल्ने मेलामा राष्ट्रिय अन्तराष्ट्रिय गरेर करिव १ सय ७० वटा स्टल रहको जानकारी गरार्ईएको छ ।

मेलाको उद्घाटन अर्थमन्त्री डा। युवराज खतिवडाले गरेका थिए । हस्तकला बिकासको क्षेत्रको अहिलेको सरकार आवश्यक सहयोग गर्न सरकार तयार रहेको पनि उनले कार्यक्रममा जानकारी पनि गराएका थिए ।कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले प्रर्दशनी स्थल निर्माण गर्ने जानकारी गराएका थिए ।

त्यस्तै कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले नेपालको अर्थतन्त्रलाई गतिशिल बनाई राख्न हस्तकला क्षेत्रले उल्लेख्य भुमिका रहेको बताएकी थिईन ।

मेलामा चीन, भारत,श्रीलंका,पाकिस्तान, बंगलादेश र भुटानसहितका अन्तराष्ट्रिय व्यापारीहरुको पनि सहभागिता हरको आयोजक समितिका संयोजक हेमरत्न शाक्य बताउन्छन ।फोटोः मुकुन्द कालीकोटे