ट्याक्सि चालक मल्लमाथि अज्ञात समुहद्धारा खुकुरी प्रहार

0
Shares

काठमाडौं । कालिकोट जिल्ला रास्कोट नगरपालिका वडा नम्बर ६ काब्रा घर भई हाल ललितपुर इमाडोलमा बस्दै आएका ट्याक्सी चालक भरत बहादुर मल्लमाथि अज्ञात समुहले खुकुरी प्रहार गरेको छ ।

लामों समयदेखि ट्याक्सी चलाएर जिबिको पार्जन गर्दै आएका मल्लमाथि कात्तिक २४ गते राति क़रीब १ बजे पेप्सीखोला मनोहरा पुलनजिकै अज्ञातसमुहले खुकुरी प्रहार गरि घाईते बनाएका छन् ।

घाईते ट्याक्सी चालक मल्लको टाउकोमा १ सय २० ओटा टाँका लगाईएको र शरिरका विभिन्न भागमा गम्भिर चोट लागेको छ । अहिले सिनामंगल स्थित काठमाण्डौ मेडिकल कलेज ‘केएमसी’ मा भर्ना गरिएको छ ।

यूवासंघका नेता एवम् यूवा व्यावसायी मेगराज शाहीका अनुसार रातीको समयमा ट्याक्सी यात्राका लागि भन्दै एकान्तामा लिएर मल्लमाथि धारिलो हरियार प्रहार गरि घाईते बनाइएको हो । प्रहरीले दोषीलाई पक्राउ गर्न नसकेको शाहीले रिपोर्टर्सनेपाललाई जानकारी दिएका छन् ।