काठमाडौं, २९ कात्तिक । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक जारी छ । अस्ति भएको बैठकको निर्णयहरु र आजको बैठकको निर्णयहरु एकमुष्ट सार्वजनिक गर्ने बुझिएको छ ।
सरकारले अहिलेसम्म गरेका सबै कामहरुको समिक्षा गर्ने बुझिएको छ । त्यस्तै, आजको बैठकमा सरकार समग्र रुपमा कसरी अघि बढ्नेबारे पनि छलफल हुने बालुवाटार स्रोतले जानकारी दिएको छ । विकास निर्माणका कामहरुमा ढिलासुस्ती भैरहेकोप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष चासो लिएका छन् ।
सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले आज अपरान्ह ३ बजे पत्रकार सम्मेलन आयोजना गरेर बैठकका निर्णयहरु एकमुष्ट रुपमा सार्वजनिक गर्नेछन् ।




प्रतिक्रिया