कर्णाली नदीमा डुबेर अष्ट्रेलियन नागरिकको मृत्यु

0
Shares

विश्वनाथ सिम्खाडाः कालिकोट । कर्णाली नदीमा याफ्टिङ गर्दा डुबेर एक अष्ट्रेलियन नागरिकको मृत्यु भएको छ । हुम्ला देखि मुगु हुदै सुर्खेततिर आउँदै गरेको अवस्थामा जिल्लाको शान्नि तृवेणि गाँउपालिका स्थित आम्तडा नजिकै बोट दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरि निरीक्षक मणिराम भट्रले जानकारि दिए ।

याफ्टिङ गर्दा नदीमा खसेर अष्ट्रेलियन नागरिक अनयिनको मृत्यु भएको हो । पाँच जनाको टोलीमा चारजना सकुशल रहेको प्रहरि निरक्षक भट्रले जानकारि दिए । दुर्घटना स्थल आम्तडामा नदिको विचमा ठुलो ढुङगा रहेको हुनाले यस क्षेत्र याफ्टिङको लागि अति जोखिम मानिदै आइरहेको छ ।

विस्तृत जानकारिको लागि अहिले घटना स्थलमा नेपाल प्रहरि र नेपालि सेनाको टोलि त्यस तर्फ गइरहेको प्रहरि प्रमुख विनोद शर्माले बताए । २०६९ सालमा पनि बोर्ड पल्टिदा २ जना अमेरिकन नागरिकको मृत्यु भएको थियो । तस्वीरःविश्वनाथ सिम्खाडा