काठमाडौं, २९ कात्तिक । केही दिन अघि पक्राउ परेका सिके राउतलाई बिहिबार सर्वोच्च अदालतमा पेश गरिएको छ। राउतलाई बन्दीप्रत्यक्षीकरण मुद्दाको सन्दर्भमा उनलाई पेश गर्न आदेश भए बमोजिम पेश गरिएको हो । आज उनको विषयमा पेशी गर्न नभ्याइएकाले भोली फेरी उपस्थित गराई पेशी गर्न तोकिएको छ।

बन्दीप्रत्यक्षकरणको सुनुवाईका क्रममा राउतलाई शसरीर उपस्थित गराउन प्रहरीलाई दिइएको आदेश बमोजिम उनीलाई उपस्थित गराइएको थियो।
राष्ट्रिय अखण्डता विरोधी अभिव्यक्ति दिएको अभियोगमा राउत केहीदिन अघि पक्राउ परेका थिए। यद्यपी राउतलाई गैरकानूनी रुपमा पक्राउ गरिएको दावीसहित सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन परेपछि पक्राउको कारण लिखित रुपमा पेश गर्न आदेश दिंदै राउतलाई स्वयम् उपस्थित गराउन समेत आदेश दिइएको थियो।
तस्विर :मुकुन्द कालिकोटे




प्रतिक्रिया