काठमाडौँ,२९ कात्तिक ।नेपाल हस्तकला महासङ्घले भृकुटीमण्डपमा आयोजना गरेको १६औँ अन्तर्राष्ट्रिय हस्तकला व्यापार मेलामा तीन मुलुकका राजदूतले नेपाली हस्तकला सिर्जनाका शैली तथा मौलिक पक्षबारे जानकारी लिएका छन।
यही कात्तिक २८ गतेदेखि आगामी मङ्सिर २ गतेसम्म चल्ने मेलामा आज साँझसम्म भारतका राजदूत मञ्जिभसिंह पुरी, जापानका मासामिची साइगो र जर्मनीका रोलाण्ड शेफर पुगी सकेका छन ।
प्रतियोगितामा संलग्न कलाकार तथा कालिगडले मैनको प्रयोगबाट बनाएका विभिन्न मूर्ति, ढाका बुनेको दृष्यलगायतले प्रदर्शनीको रौनकता बढाएको छ । उक्त प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः ५०, ३० र २० हजार नगद तथा प्रमाणपत्र वितरण गरिने आयोजकले जनाएको छ । दुईदिनमा झण्डै २५ हजार दर्शक सहभागी भएका आयोजकले जनाएको छ । रासस




प्रतिक्रिया