कात्तिक ३०, काठमाण्डौ । तीन राष्ट्रिय प्रजातन्त्र पार्टीबीचको एकता प्रक्रियालाई गति दिन राप्रपा प्रजातान्त्रिकको उच्चस्तरीय कार्यसम्पादन समितीको बैठक आज बस्दैछ ।
काठमाण्डौको महाराजगञ्जस्थित अध्यक्ष पशुपति शम्सेर राणाको निवासमा दिउँसो साढे २ बजे बस्ने बैठकमा पार्टी एकताका बिषयमा हालसम्म भएका प्रगतिबारे छलफल हुने छ ।
त्यसैगरी सहमति हुन बाँकी विषयमा छलफल हुने बताइएको छ । राप्रपा प्रजातान्त्रीकको उच्चस्तरीय कार्य सम्पादन समितिमा १९ जना सदस्य छन् । कमल थापा नेतृत्वको राप्रपा, राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा राष्ट्रवादीबीच एकताका लागि नेताहरुले हदैसम्मको लचकता अपनाउने बताएपनि चुनाव चिन्हका बिषयमा सहमति हुन सकेको छैन ।
थापा र राणाले एकता प्रक्रिया स्थगित भएकोमा एक अर्कालाई आरोप लगाउँदै आएका छन् ।
चुनाव चिन्ह हलो राख्ने कि गाई भन्ने बिषयमा कुरा मिल्न नसक्दा एकता प्रक्रिया लम्बिदै गएको छ ।




प्रतिक्रिया