चन्द्र शमशेरको दरबार गौचरणमा परिणत, संरक्षणमा स्थानीय सरकार बेखबर !

0
Shares

रजनी खत्रीः काठमाडौं । दक्षिणकाली नगरपालिका वडा नं ३ सोखेलमा अवस्थित चन्द्र शमशेरका पालामा बनेको दरबारको भग्नाबशेषहरु जिर्ण बन्दै गएका छन् ।

चन्द्र शमशेरका पालामा बनेको दरबारसँगै पोखरी परिसरमा दिनहुँ फोहोरको रास बढ्दै गएको छ । संरक्षणको अधिकार पाएको स्थानीय तहको वडाबाट कुनै किसिमको पहल नभएको अवस्था छ ।

पटक–पटक संरक्षण र सुरक्षाको लागि अनुरोध गर्दापनि सुनुवाइ नभएको स्थानीयको आरोप छ । दरबार वरिपरिको बाँझो जमिनमा स्थानीयले आफ्नै पहलमा बगैंचा बनाउनुको साथै बिरुवा रोपेका छन् । दरबार क्षेत्र गार्इबस्तुको चरण क्षेत्रका रुपमा परिणत भएकोले जोगाउन नसकिएको स्थानीय बताउछन् ।