काठमाडौं, १ मंसिर । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले सरकारमा भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संग कहिल्यै पनि एकता हुन नसक्ने बताएका छन् ।
उनले भने, ‘विचार मिल्ने कम्युनिष्टसंग एकता हुने हो सत्ताधारी नेकपा नाममात्रले कम्युनिष्ट हो व्यवहारले हैन ।’उनले पहिले एउटै पार्टीमा भए पनि समय फेरिएको भन्दै अहिले उनीहरु कम्युनिष्ट नै नभएको दावी गरे ।
वैद्यले भने,‘कम्युनिष्ट भए पो एकता गर्ने त ।’ उनले विचार मिल्ने कम्युनिष्टहरु कसैसंग कार्यगत एकता र कसैसंग पार्टीगत एकता हुन सक्ने जनाए ।




प्रतिक्रिया